01-5328681

हार्दिक श्रद्धाञ्जली

पद्मोदय माध्यमिक विद्यालयका पूर्व विद्यार्थी तथा पूर्व विद्यार्थी संघका पूर्व अध्यक्ष, आदरणीय व्यक्तित्व टिकाजंग थापा ज्यूको ८४ वर्षको उमेरमा आज मिति २०८२ माघ २० गते भएको निधनले सिङ्गो पद्मोदय माध्यमिक विद्यालय परिवार स्तब्ध तथा मर्माहत भएको छ।​विद्यालयको पूर्व विद्यार्थी संघको नेतृत्वमा रहँदा पूर्व विद्यार्थीहरूलाई एकजुट बनाउन तथा विद्यालयको श्रीवृद्धिमा उहाँले पुर्‍याउनु भएको योगदान हाम्रा लागि सदैव अविस्मरणीय रहनेछ।​यो अकल्पनीय शोकको घडीमा दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ। साथै, शोकाकुल परिवारजनमा यो अपूरणीय क्षति सहन गर्ने शक्ति प्राप्त होस् भनी ईश्वरसँग प्रार्थना गर्दै गहिरो समवेदना प्रकट गर्दछौँ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *