पद्मोदय माध्यमिक विद्यालयमा आज “कमला पुरस्कार निबन्ध प्रतियोगिता” उत्साहजनक रूपमा सञ्चालन भयो।
प्रतियोगिताको लागि यस वर्षको सामयिक विषय “जेन्जी (Gen-Z) पुस्तामा सामाजिक सञ्जालको प्रयोग र प्रभाव” गोलाप्रथा (Lucky Draw) माध्यमबाट छनोट गरिएको थियो। विद्यार्थीहरूले यस विषयमा आफ्ना मौलिक र तार्किक विचारहरू उत्साहपूर्वक प्रस्तुत गरेका छन्।
यस कार्यक्रममा सहभागी सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई उज्ज्वल भविष्यको कामना गर्दछौं!




