बेथानचोक गाउँपालिकाका विभिन्न विद्यालयहरूबाट
काठमाडौंकै उत्कृष्ट बाल विकास केन्द्र (Best ECD of Kathmandu) को रूपमा परिचित हाम्रो विद्यालयको ECD कक्षा अवलोकन गर्न र यहाँका असल अभ्यासहरू (Best Practices) सिक्न बेथानचोक गाउँपालिकाको टिम पाल्नुभएकोमा हामी धेरै खुसी छौं।
भ्रमणको मुख्य उद्देश्य (Main Moto) नै “ECD सुधार कसरी गर्ने?” भन्ने थियो। हामीले हाम्रा शिक्षण विधि, बालमैत्री वातावरण र शैक्षिक सामग्रीहरूको प्रयोगबारे अनुभव साटासाट गर्यौं। स-साना बालबालिकाहरूको भविष्य उज्ज्वल बनाउन यो सहकार्य र अनुभव आदान-प्रदानले ठूलो भूमिका खेल्नेछ ।
हाम्रो प्रयासलाई र हाम्रो ECD मोडललाई विश्वास गरी यहाँसम्म आउनुभएकोमा बेथानचोक गाउँपालिकाको सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद! 🙏




