विद्यार्थीहरूको सर्वाङ्गीण विकास (Holistic Development) को लक्ष्य सहित पद्मोदय माध्यमिक विद्यालयमा ‘खेलकुद सप्ताह’ भव्य रूपमा सुरु भएको छ।कार्यक्रमका मुख्य विशेषताहरू:
✅ पहिलो पटक आन्तरिक फुटसल (Futsal) प्रतियोगिता
✅ बौद्धिक क्षमताका लागि हाजिरीजवाफ (Quiz)
✅ स्वास्थ्य सचेतनाका लागि स्वास्थ्य शिविर (Health Camp)
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक तथा शिक्षकज्यूहरूले खेलकुदलाई केवल मनोरञ्जन नभई अनुशासन, नेतृत्व विकास र चरित्र निर्माणको ‘व्यावहारिक पाठशाला’ का रूपमा लिनुभएको छ।सहयोगका लागि पूर्व विद्यार्थी (२०४८/०५० व्याच) तथा भिजन क्रिएसनलाई विशेष धन्यवाद! 🙏


