01-5328681

एक दिवसीय उत्प्रेरणात्मक तालिम कार्यक्रम

शिक्षक सशक्तीकरण: गुणस्तरीय शिक्षाको आधार!

🌟पद्मोदय माध्यमिक विद्यालयमा आधारभूत तहका शिक्षकहरूको लागि “एक दिवसीय उत्प्रेरणात्मक तालिम कार्यक्रम” (Motivational Training) आयोजना गरिएको जानकारी गराउँदछौं।

यस कार्यक्रमको मुख्य उद्देश्य शिक्षकहरूलाई समयसापेक्ष शिक्षण विधि, प्रविधि र उत्प्रेरणा प्रदान गर्नु हो।

कार्यक्रमको विवरण:

🗓️ मिति: २०८१/०९/०८ गते

⏰ समय: बिहान ११:०० देखि दिउँसो २:०० बजेसम्म l

📍 स्थान: पद्मोदय मा.वि.

👨‍🏫 सहजीकरण: श्री रामप्रसाद सुवेदी (काठमाडौं महानगरपालिका शिक्षा विभागका पूर्व शिक्षा अधिकारी)

तालिमका मुख्य उद्देश्यहरू:

✅ शिक्षण सिकाईका असल अभ्यासहरू आदान-प्रदान गर्ने।

✅ विद्यार्थीहरूलाई उत्प्रेरित गराई सिकाइमा अभ्यस्त गराउने तरिकाहरू सिक्ने।

✅ प्रविधिमैत्री (Technology-friendly) शिक्षण सिकाईका लागि सहजीकरण गर्ने।

✅ पाठयोजनामा (Lesson Plan) आधारित प्रभावकारी शिक्षण गर्न प्रेरित गर्ने।

हाम्रा शिक्षकहरूको क्षमता विकासले नै विद्यार्थीहरूको भविष्य उज्वल बनाउँछ। शिक्षाको गुणस्तर सुधारमा हामी सदैव प्रतिबद्ध छौं।



Leave a Comment

Your email address will not be published. Required fields are marked *