01-5328681

शीतकालीन बिदा र विद्यालय खुल्ने सम्बन्धी अत्यन्त जरुरी सूचना

आदरणीय अभिभावकज्यू,

काठमाडौँ महानगरपालिका शिक्षा विभागद्वारा प्रकाशित दोस्रो त्रैमासिक परीक्षाको तालिका बमोजिम आज मिति २०८२ पुस १८ गतेबाट परीक्षा सम्पन्न भएको छ । विद्यालयको वार्षिक कार्यतालिका (क्यालेन्डर) बमोजिम २०८२ पुस २० गते देखि २०८२ माघ ८ गते सम्म शीतकालीन बिदा भएको भएतापनि २०८२ माघ ९ गते सरस्वती पूजा परेकाले यस वर्षको शीतकालीन बिदा मिति २०८२ पुस २० गते देखि २०८२ माघ ७ गते बुधबार सम्म रहने र माघ ८ गते बिहिबारदेखि पुन: पठन पाठन सुचारु हुने व्यहोरा जानकारी गराइन्छ । साथै उक्त शीतकालीन बिदाको समयमा आफ्ना बाबुनानीहरूलाई पठन पाठन तथा गृहकार्यमा सहभागी गराई सहयोग गरिदिनुहुन समेत अनुरोध छ ।

धन्यवाद ।

डा. सर्मिला पोखरेल (प्रधानाध्यापक)

२०८२ सालको शीतकालीन बिदा सम्बन्धी सूचना

Leave a Comment

Your email address will not be published. Required fields are marked *