01-5328681
Archive

Category: padmodaya-life

२०८२ चैत्र ५, बिहीबार १०:२२ गते

सहयोगको लागि हार्दिक आभार!​

पद्मोदय माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई विभिन्न खेलकुद सामग्रीहरू (चेस, लुडो लगायत) प्रदान गर्नुभएकोमा महिला लघुवित्त वित्तीय संस्था लि. प्रति हामी धेरै धेरै धन्यवाद व्यक्त गर्दछौं।​’ग्लोबल मनी वीक २०२४’ (विश्व वित्तीय सप्ताह) को अवसरमा प्राप्त यस सहयोगले हाम्रा विद्यार्थीहरूको अतिरिक्त क्रियाकलाप र बौद्धिक विकासमा ठूलो मद्दत पुग्नेछ। यस निरन्तर साथ र सहयोगको लागि सम्पूर्ण टोलीलाई विशेष आभार!

Read More
२०८२ चैत्र २, सोमबार ०८:५१ गते

🌟 पद्मोदय माध्यमिक विद्यालयको ८० औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न

मिति: २०८२ फागुन २९ गते स्थान: राष्ट्रिय सभा गृह, काठमाडौं काठमाडौंको रामशाह पथस्थित ऐतिहासिक पद्मोदय माध्यमिक विद्यालय (स्थापना वि.सं. २००३) ले आफ्नो ८० औं वार्षिकोत्सव तथा अभिभावक दिवस एक विशेष समारोहबीच भव्य रूपमा सम्पन्न गरेको छ। २०८२ फागुन २९ गतेका दिन काठमाडौंको प्रतिष्ठित ‘राष्ट्रिय सभा गृह’मा आयोजित यस गरिमामय कार्यक्रममा विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक, तथा […]

Read More
२०८२ फाल्गुन २८, बिहीबार २२:०० गते

८० औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम

पद्मोदय माध्यमिक विद्यालयको ८० औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रमका केही सुन्दर झलकहरू। 🏫✨​साना नानीबाबुहरूको उत्कृष्ट सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिदेखि लिएर विद्यार्थीहरूलाई मेडल तथा पुरस्कार वितरणसम्म—आजको दिन निकै उत्साहजनक र गौरवपूर्ण रह्यो! 🏅💃

Read More
२०८२ माघ २५, आईतवार ११:५० गते

कमला पुरस्कार निबन्ध प्रतियोगिता – २०८२

​पद्मोदय माध्यमिक विद्यालयमा आज “कमला पुरस्कार निबन्ध प्रतियोगिता” उत्साहजनक रूपमा सञ्चालन भयो। ​प्रतियोगिताको लागि यस वर्षको सामयिक विषय “जेन्जी (Gen-Z) पुस्तामा सामाजिक सञ्जालको प्रयोग र प्रभाव” गोलाप्रथा (Lucky Draw) माध्यमबाट छनोट गरिएको थियो। विद्यार्थीहरूले यस विषयमा आफ्ना मौलिक र तार्किक विचारहरू उत्साहपूर्वक प्रस्तुत गरेका छन्। ​ यस कार्यक्रममा सहभागी सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई उज्ज्वल भविष्यको कामना […]

Read More
२०८२ पुष ८, मंगलवार ०८:४९ गते

पद्मोदय माध्यमिक विद्यालयमा “आमा भेला” सम्पन्न!

मिति २०८१/०९/०२ गतेका दिन यस पद्मोदय मा.वि. को बाल विकास (ECD) र कक्षा १–३ मा अध्ययनरत विद्यार्थीहरूका आमाहरूको एक विशेष भेला सम्पन्न भएको छ।

Read More